काठमाण्डाै फाेटाेग्राफर संधद्दारा Canon KPA Wedding Photo Award 2017 काे संयाेजक धर्मराज के.सी. नेत्तृत्वमा अायाेजना हुने


काठमाडौं । काठमाण्डौं फोटोग्राफर संघले पाँचौं पटक Canon KPA Wedding Photo Award 2017 आयोजना गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई आवद्ध गराई फोटोग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा झन्डै १००० जना फोटोग्राफरहरु सहभागि हुने अपेक्षा संघले गरेको छ । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाउने छन् । एक जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश गर्न पाउनेछन् ।
१०×१२ अथवा ८×१२ साईजमा फोटो प्रिन्ट गरी सो फोटोको सफ्टकपिको साथमा फाराम भरि बुझाउनुपर्नेछ । फोटो तथा फाराम यहि असार २५ गते भित्र बुझाउनुपर्नेछ ।
यस प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीयलाई क्रमशःConon FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit प्रदान गरिनेछ । दर्शक छनोटका लागि संघले फेसबुक पेज प्रगोग गर्नेछ ।
प्रतियोगिताको बिजेता धोषणाकार्यक्रम साउन ७ गते काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ । र उत्कृष्ट सय फोटोलाई ९, १० र ११ गते तिनदिन सम्म नेपाल कला परिषद बबरमहलमा प्रर्दशनीमा राखिनेछ ।
विजेता घोषणा कार्यक्रमको दिनमा कार्यक्रम स्थलमा फोटोग्राफि सम्बन्धि विभिन्न सामाग्रीका स्टलहरु पनि रहनेछन् । फारम बुझाउनको लागि फोटोग्राफरले काठमाडौं फोटोग्राफर संघ बानेश्वर, काठमाण्डौं डिजिटल फोटो एक्सप्रेस सामाखुसि, कालिका फाेटाे एक्सप्रेस प्रा.लि. बसुन्धरा, फोटो हलिवुड कमलादि, सुपर डिजिटल बानेश्वर कलर ल्याव, नयाँ बानेश्वर, फोटो कन्सर्ट न्युरोड, फोटो प्वाईन्ट न्युरोड, नेशनल कलर ल्याब क्वीक डिजिटल कलर, भक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटोग्राफर संघ पोखरा, चितवन फोटोग्राफी संघ नारायणगढ, र लुम्बिनी फोटोग्राफर संघ बुटवलमा फारम तथा फोटो बुझाउन सकिनेछ । साथै संघको फेसबुक पेजWWW.facebook/kpanepal काे Canan KPA Wedding Photo Award 2017 इभेन्टमा गएर विस्तृत जानकारी तथा फारम व्यवस्था गर्न सकिनेछ ।यस प्रतियोगितालाई क्यानन क्यामराले शिर्षक प्रायोजन र प्रितिका क्यामरा सेन्टरले मुख्य प्रायोजन गरेको छ यस कार्यका लागि धर्मराज के.सी. संयोजक रहनुभएको छ भने प्रचार प्रसारमा बिक्रम न्याैपानेलाइ जिम्मादिइएकाे छ । कार्यक्रमलार्इ सफल बनाउन कार्यसमितिका सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकाे छ । Canan KPA Wedding Photo Award 2017 लार्इ सफलताकाे विन्दुमा पुर्याउन सबै विवाह फाेटाेग्राफरलार्इ फाेटाे प्रतियाेगितामा पठाउनकाे लागि संयाेजक धर्मराज के.सी. र अध्यक्ष भवदेव थापालेे अाग्रह गर्नुभएकाे छ ।